जिल्ला अस्पताल ओखलढुङ्गाको गाडी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष देव द्वारा दुरुपयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिद्धीचरण नगरपालिका बडा नम्बर ४ मा रहेको जिल्ला अस्पताल ओखलढुङ्गा रुम्जाटारका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष देवले सरकारी गाडिको दुरुपयोग गरेको पाईएको छ । रंगेली नगरपालिका बडा नम्बर ७ स्थित आफ्नो घरमा शनिबार देखि उक्त गाडी पार्किङ गरेर राखेको पाईएको छ । उक्त गाडीको पछाडि पट्टीको भागमा फोटोकापी पेपरमा श्री जिल्ला अस्पताल ओखलढुङ्गा On Test प्रदेश नम्बर १-०४-००१-झ नम्बर लेखिएको सरकारी गाडि फेला परेको छ ।

सरकारी प्रयोजनका लागि सरकारले अस्पतालका लागि दिएको उक्त गाडि मेडिकल सुपरिटेन्डेन्टकोे रजाइँ भएको छ । सरकारी गाडिको किन दुरुपयोग भनेर जिज्ञासा राख्दा टेलिफोन मार्फत उनले भने अस्पतालको विशेष कामका लागि बिराटनगर आएको दावी गरेकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *