जिल्लामा संक्रमितहरु खुलेआम घुमफिर गर्न थाले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना संक्रमितहरु आईसोलेशनमा बस्नुको साटो खुलेआम रुपमा घूम्न थालेपछि जलेश्वर नगरपालिका क्षेत्रमा त्रास छाएको छ । कोरोना संक्रमित जिल्ला अदालत,मालपोत कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,जलेश्वर गरपालिकाकाकर्मचारी तथा केही सर्वसाधारण आईसोलेशनमा नबसी खुलेआम रुपमा घूम्न थालेपछि जलेश्वर नगरपालिका सहित केही स्थानीय तहका गा्रमीण क्षेत्रमा त्रास छाएको छ ।

जिल्लामै संक्रमण फैलिएको बेला कानुनलाई धज्जी उडाउँदै पोजिटिभ रिपोर्ट आएका कर्मचारी स्वास्थ्यकर्मी राजनितिककर्मीतथा सर्वसाधारणले तरकारी बजार चहारेका छन । परिवारसँग, नातेदारसँग भोजभतेर भ्याएका छन । समुदायमै संक्रमितको चहलपहलले संक्रमणको खतरा बढाएको छ ।

शनिवार सम्म महोतरीमा १ हजार ३८ जना संक्रमित पहिचान भएका छन भने २ जनाको मृत्यु भएको छ।तीमध्ये विभिन्नअस्पतालमा ६० जना कोरोना संक्रमितहरु उपचारमा रहेका छन भने ९० जना घरकै आइसोलेशनमा बसेको कागजमा देखाइए पनि उनीहरु खुलेआम रुपमा बजारमा घुमिरहेको पाइएको छ । जसले संक्रमण बढ्ने र समुदाय नै जोखिममा पर्ने स्थानियबासीहरु बताउँछन् । संक्रमितहरु मध्ये ९ सय ८ जना संक्रमणमुक्त भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *