जिप्रका बाजुरा नजिकै फेलापरेको प्रेशर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्ला प्रहरी कार्यलय बाजुरा नजिकै पिसबिन बाजुराको कार्यलय अगाडी राखेको प्रेश कुकर बम रहेको नेपाली सेनाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पिसविन कार्यलयमा संकास्पद बस्तु देखिएपछि प्रहरी र सेनालाई जानकारी गराईएको थियो । राखिएको प्रेश कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका थिए ।

उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *