जिउँदै मानिस जलाएको आरोप लागेका पूर्व सांसद आलम पुगे सर्वोच्च

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलम सर्वोच्च अदालत पुगेका छन्। भदौ ३१ गते आलामले आफूलाई हिराई गर्नुपर्ने माग गर्दै निवेदन दिएका हुन्। आलमको निवेदन आइतबार पेसी तोकिएको थियो।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास आलामको फाइल मगाउने आदेश गरेको छ। जिल्ला र उच्चको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको सर्वोच्चले जनाएको छ। उक्त प्रतिवेदन आएपछि थुनामा राख्ने कि रिहा गर्ने निर्णय सर्वोच्चले गर्नेछ।

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड १९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाई गर्नुपर्ने तर्क आलामको निवेदनमा गरिएको छ।

आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो।

आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाइै थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय रौतहटले माग गर्दै मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।

अर्को अदालत सर्ने दाउ असफल भएपछि कोरोनाको सहारामा सर्वोच्च

आलामको उक्त मुद्दा अन्य अदालतमा सारेर सुनुवाई गर्ने प्रयास सरकारी वकिलले गरेका थिए। तर उच्च अदालत जनकपुरको विरगंज इजलाशमा उनले यस्तो प्रस्ताव अस्वीकार गरेका थियो। रौतहटमा अदालतमा समस्या भएकाले पर्सामा सारेर सुनुवाई गराउने प्रस्ताव सरकारी वकिलले गरेका थिए।

तर अदालतले इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालत रौतटहको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आलमको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ गन अस्वीकार गर्‍यो। उच्चले रौतहट जिल्ला अदालतबाटै उनको मुद्दा किनारा गर्न भनेको थियो। उच्चले थुनामा पठाउने आदेश सदर गरेको सात महिनापछि आलम सर्वोच्च आएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *