जापानी सम्राट नारूहितोको राज्याभिषेक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जापान : जापानी सम्राट नारूहितोको राज्याभिषेक आज विशेष कार्यक्रमकाबीच राजधानी टोकियोमा हुँदैछ । राज्याभिषेक समारोह अपरान्ह इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुने कार्यक्रम छ । राज्याभिषेक कार्यक्रममा नेपाल कि राष्ट्रपति विद्यादेवी भण्डारी सहित १ सय ७० देशका प्रतिष्ठित ब्यक्तिहरु सहभागि हुनेछन् ।

दुई हजारभन्दा बढी पाहुना आमन्त्रित कार्यक्रममा नारूहितोको औपचारिक राज्याभिषेक हुनेछ । नारूहितो कि पत्नी मसाको ओवाडा भने समारोहमा सहभागी हुने छैनन् । राजपरिवारका महिलाले राज्याभिषेक हेर्न नपाउने कानुन जापानमा छ ।

नारूहितोको पहिलो चरणको राज्याभिषेक मे महिनामै भइसकेको छ । धेरै चरणमा हुने राज्याभिषेक प्रक्रिया आगामी नोभेम्बर महिनासम्म चल्नेछ । जापानका राजा अकिहितोले गत अप्रिलदेखि गद्दी त्याग गरेपछि उनका छोरा नारूहितोले यो जिम्मेवारी पाएका हुन् ।

जापानको दुई सय वर्ष इतिहासमा जिउदै आफ्नो गद्दी छाडने अकिहितो पहिलो राजा हुन् । ८६ वर्षीय अकिहितो आफू रोगी र बूढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भन्दै जिम्मेवारीबाट मुक्त भएका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *