जान्नुहोस सी को विचारधारा भन्नाले के बुझिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वर्तमान चीनको इतिहासलाई नियाल्ने हो भने तीन जना नेताको योगदानलाई विर्सन मिल्दैन । माओत्सेतुङ, डेङ साओपिङ र सी जिनपिङ । सन २०१३ मा चीनको सत्ता सम्हालेका सीले चीनिया अर्थतन्त्रलाई सुदृढ मात्रै बनाएका छैनन उनले नयाँ विचारधारा समेत ल्याएका छन , जसलाई सी विचारधारा पनि भनिन्छ, आखिर के हो त सी विचारधारा ?

चीनिया कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय नेसनल काँग्रेसले सन २०१७ मा नयाँ युगमा चीनिया विशेषतासहितको सी जिनपिङ विचारधारालाई पारित गर्यो । चीनिया कम्युनिष्ट पार्टीको १९ औं काँग्रेसले सीको विचारधारालाई आफनो विधान मै समावेश गर्यो र सी विचारधारा अहिले चीनिया कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त नै बन्न पुगेको छ ।

सी विचारधारामा मुख्यतः १४ वटा बुंदालाई समावेश गरिएको छ जसमा समृद्धी, दिगो विकाश र कानुनी शासनलाई प्राथमिकता दिइएको छ । यसले मुख्यतः समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरिवी उन्मुलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधिनमा रही राज्य सञ्चालन, पार्टी अनुसासनमा कडाई जस्ता कुरामा जोड दिएको छ । यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताप्रति अझ बढी उत्तरदायी बनाइ जनचाहना अनुसार पार्र्टी सञ्चालन गरी नेतृत्वलाई हरेक क्षेत्रमा उपस्थिती जनाउन निर्देशित गरेको छ ।

यसले समाजवादका मान्यतालाई स्थापित गर्न माक्र्सवाद, समाजवाद र साम्यवादलाई चिनियाँ विशेषतासँग समावेश गरी समृद्धि र दिगो विकास गर्न पथ पदर्शन गरेको छ ।
राष्ट्रिय सुरक्षालाई अभिन्न अंग मानेको सी विचारधाराले चिनियाँ जनमुक्ति सेनाको निरपेक्ष नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीमा रहने भनेको छ । जस अनुसार चिनियाँ जनमुक्ति सेना, चिनियाँ कम्युनिस्ट पार्टीको अधिनस्त रहनेछ भन्ने कुरालाई समेत स्थापित गरेको छ । साथै, एक देश दुई प्रणालीको अन्त्य गर्दै एक चीन नीतिलाई थप जोड दिई हङकङ र मकाउमाथि राजनीतिक प्रभाव थप बढाउँदै ताइवानलाई आफ्नो मुलुकमा गाभ्ने कुरामा यो विचारधाराले जोड दिएको छ ।

सी विचारधाराले शान्तिपुर्ण अन्तर्राष्ट्रिय वातावरण निर्माणका लागि चीन र विश्वभरका जनताको एउटै लक्ष्य तथा उद्देश्य हुने कुरालाई केन्द्रित गर्दै विश्व पर्यावरणीय सुरक्षा र उर्जा संरक्षणलाई आफ्नो मुख्य विचारको रूपमा स्थापित गरेको छ । तुलनात्मक रुपमा उदार र वैदेसिक लगानी भित्राउनमा माहिर तर भ्रष्टाचार विरुद्ध अत्यन्तै सख्त नेताका रुपमा चिनिने राष्ट्रपति सी जिनपिङले आगामी सन २०५० सम्म चीनलाई संसारकै समृद्ध एव समुन्नत समाजवादी मुलुक बनाउन बेल्ट एन्ड रोड इन्सिएटिभ लगायतका अन्य थुपै्र योजना समेत अघि सारेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *