जानकारी बिनै प्रमुख प्रशासकीय अधिकृत हिडेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सितगंगा नगरपालिकाले साउन २६ गते कार्यपालिकाको बैठक छ भनेर सबैलाई खबर गर्यो । बर्षातको समयमा गाडी नचल्ने बाटो सात घण्टा सम्म पैदल हिडेर कार्यपालिका र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु नगरपालिकाको कार्यलय ठाडा आए ।

११ बजेको बैठक भेटाउन पैदल हिडेर आए तर बैठक हुन सकेन । बैठक राखेर प्रमुख प्रशासकीय अधिकृतनै बेखबर बनेपछि बैठक बस्न नसकेको नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । २५ गते कार्यलयमा भएका प्रमुख प्रशासकीय अधिकृत आफ्र बैठक राखेर २६ गते विना जानकारी हिडेको उनको भनाइ छ ।

कार्यपालिकाको बैठक राखेर प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम कसैलाई जानकारी नगराई, कार्यलय प्रमुखको समेत निमित्तको जिम्मा कसैलाइ नदिइकनै हिडेको नगरप्रमुख अधिकारीको भनाई छ ।

टाढा टाढा बाट हामीहरु पैदल सात घण्टा सम्म हिडेर बैठकमा सहभागी हुन भनेर आयौ । तर बैठक हुन सकेन वडा नम्वर ७ का वडा अध्यक्ष मोहन पन्थीले भने बार्षिक समीक्षा तथा विविध विषयमा छलफल गर्ने भनेको थियो । तर बैठक बस्न सकेन । उनले भने बैठक भनेर हामीलाई दुःख मात्र दिइयो । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिकामा गोरुसिंगे सन्धिखर्क सडक बाहेकका अन्य अधिकांस सडक पहिरोले अबरुद्ध बनेका छन् ।

कार्यलय प्रमुख कार्यलय छाडेर जादा नगर प्रमुखलाई जानकारी दिने र आफु मुनीको कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने चलन रहेपनि प्रमुख प्रशासकीय अधिकृत गौतमले कसैलाई निमित्त कार्यलय प्रमुखको समेत जिम्मेवारी नदिएको नगर उपप्रमुख टिका रेस्मीले बताए । विना जानकारी कसैलाई निमित्त पनि नदिइकनै प्रशासकीय अधिकृत हिडेपछि कार्यलयका अधिकांस कार्य रोकिएको उनको भनाइ छ ।

मेयर र उपमेयर आफुलाइ सरुवा गर्न काठमाण्डौ गएर आएको थाहा पाएपछि त्यसको प्रतिरक्षा गर्न आफु काठमाण्डौ आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए । निमित्त कसैलाई दिनु नपर्ने आफु मुनीको सिनीयर कर्मचारी स्वतह निमित्त हुने उनले प्रतिकृया दिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *