जाडोमा कोठा तातो बनाएर सुतेकी श्रीमतीको मृत्यु, श्रीमान् आइसियूमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाडोमा कोठा तातो बनाउनका लागि कोइला बालेर सुतेकी एक महिलाको घरभित्रै निस्सासिएर मृत्यु भएको छ।
आइतबार राती सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडास्थित नयाँबस्तीकी चन्दा कामीको निस्सासिएर मृत्यु भएको हो।

राति कोइला बालेर हरिबहादुर कामी, उनकी पत्नी चन्दा र छोरी एउटै कोठामा सुतेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले चन्दाको मृत्यु भएको बताए।एउटै कोठामा सुतेका उनका पतिको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। नातेदार लालबहादुर सार्कीका अनुसार हरिबहादुरलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ।

चन्दाकी छोरीको पनि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *