जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।कुशे गाउँपालिका१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो ।

च्याउ खाएर स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको थियो । अन्य विरामीहरुमा ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीय कल्पना चलाउने, ९ वर्षीय नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने तथा १४ वर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेकोमा कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा थप ३ जनाको मंगलबार मृत्यु भएको हो । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *