जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमै राजपा सांसदले गरे तोडफोड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जहाज ढिलो भएपछि जनकपुर विमानस्थलमा तोडफोट राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले तोडफोड गर्नुका साथै दुरव्यहार गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले जहाज ढिलो आएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन्।

जनकपुरधामबाट काठमाडौँ जानको लागि विमान स्थल पुगेका सांसद साहले बिहान ११: ४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा आक्रोशित भएर विमान स्थलमा तोडफोड गरेका छन्।

नकपुर विमानस्थलमा दिनहु जहाज ढिलो गरेर आउने र जाने गरेको छ। यसै क्रममा सोमबार सांसदले करिब दुई घण्टा ढिलो भएपनि नआउँदो आक्रोशमा विमानस्थलमा तोडफोडसँगै बुद्ध एयरका जनकपुर प्रमुखमाथि हातपात गरेका छन्।
उनका अनुसार सोमबारको फ्लाइटमा एकजना किड्नीका विरामी समेत थिए। उनलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएता पनि जहाज नआएपछि आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय किडनीका विरामी सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा पनि यसमा बुद्ध एयरका कर्मचारीहरुले चासो नदिएको तथा विरामीको अवस्थालाई बुद्ध एयरले बेवास्था गरेको भन्दै काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन्।
काठमाडौँ छिटो र सहज तरिकाले पुग्ने उद्देश्यले प्लेनबाट काठमाडौँ जानको लागि विहान ११ बजे विमान स्थल आएपनि दिउसो २ बजेसम्म पर्खदा विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेपछि सांसद साह आफ्नो अवस्था देखेर आवेगमा आएर सामान्य तोडफोड गरेको विरामी चौधरीले बताए।

यता बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंहले काठमाण्डौँमा प्राविधिक त्रुटी भएको कारणले जहाज आउनमा ढिलो भएको र यस सम्बन्धमा यात्रुहरुलाई जानकारी गराउदाँ पनि सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसँगै कर्मचारीसँग दुव्यर्वहार गरेको बताए। यस घटनापछि जनकपुर विमानस्थलमा केहि समयको लागि अवस्था तनावग्रस्त बनेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *