जर्जियामा फेरि मतगणना
अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने घोषणा गरेका हुन ।
जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गरेका छन । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ । जर्जियाको कानुनअनुसार कुल मतको शुन्य दशमलव ५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ ।
त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ । जर्जियामा सोह्र इलेक्टरल मत रहेको छ । सन् १९९२ मा डेमोक्र्याट बिल क्लिन्टनले जितेयता जर्जियामा सधैँ रिपब्लिकन उम्मेदवारले जितेका छन ।