जयनगर आइपुग्यो नेपालको रेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम- कुर्था–जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।

जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नभए यसै साताभित्र जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहारस्थित हाजीपुर स्टेशनबाट जयनगर आइपुगेको हो।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर रेल आउने भने पनि आएको थिएन तर जयनगरसम्म रेल आइसकेकोले अब रेल संचालनमा आउनेमा स्थानीय विश्वस्त भएका छन्।रेल विभागले रेल संचालनको लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारीको माग गरेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *