जमैकाले टस जित्यो,बलिङगर्ने निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ब्रायन लारा स्टेडियममा भएको टसमा जितेर जमैका कप्तान रोभमान पवेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । टोलीमा अलराउन्डर आन्द्रे रसेल फर्किएका छन् । रसेलले यस अघिका दुई खेल गुमाएका थिए । टोलीमा रसेल फर्किदा स्पिनर विरसामी पेरुमल भने बाहिरि रहेका छन् ।

सेमिफाइनलको यात्रा बलियो बनाउन जमैकालाई आजको खेल जित्नै पर्ने हुन्छ । यता नाइट राइडर्स जमैकालाई हराउँदै औपचारिक रुपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नाइट राइडर्स आफ्नो अपराजित यात्रा कायमै राख्ने चुनौतीका साथ मैदान प्रवेश गर्नेछ । यता जमैका राइडर्सलाई पहिलो हारको स्वाद चखाउन चाहन्छ ।

पहिलो खेलमा नाइट राइडर्सले तलावाजलाई ७ विकेटले हराएको थियो । नाइट राइडर्स ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यता जमैका ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । दुई टोली बीच सिपिएलमा कुल १७ खेल भएका छन् । जसमा जमैका ९ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

नाइट राइडर्स प्लेइङ ११ : सुनिल नारायण, लेन्डल सिमन्स, कोलिन मुनरो, टिम सिफर्ट, काइरन पोलार्ड९कप्तान०, ड्यारेन ब्राभो, अकील होसेन, ड्वेन ब्राभो, खारी पियरे, जेडन सेल्स र फवाद अहमद ।

जमैका प्लेइङ ११ स् ग्लेन फिलिप्स, क्रुमा बोनर, जर्मेन ब्ल्याकवुड, रोभमान पवेल ९कप्तान०, आसिफ अली, आन्द्रे रसेल, चाडविक वाल्टन, कार्लोस ब्रेथवेट, मुजिब उर रहमान, सन्दीप लामिछाने र फिडेल एडवार्ड्स ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *