जमिन भासिएर अर्घाखाँचीको कोठिया मैदानमा २६ घर भत्किए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर १२ को कोठियामैदानमा जमिन भासिएर पहिरो जाँदा २६ घर भत्किएका छन् । घर भत्किएपछि स्थानीयहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।

कोठिया मैदानमा रहेका जख्लगैरा, मैदान लगायतका स्थानमा जमिन धुजा धुजा भएर भासिए पछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको छ । २६ घर पुर्ण रुपमा पुरिएका र भत्किएका छन् । अन्य १४ घर पहिरोको उच्च जोखिममा रहेको छ ।

शुक्रबार दिउसो १२ बजे तिर घर मुनीको जमिन भासिन शुरु गर्यो घरमा भएका डिगाबाछा फुकाएर घर छाडेर निस्किएर यान जोगायौ ७१ ब्र्षिय ताराबहादुर नेपालीले भने घरमा रहेको लत्ता कपडा, अन्पात , गरगहना सबै घरमा छाडेर निस्किएका छौ । वरो आएर सुतेको थिए टाउकोमा टोपी पनि लगायन पाएको छैन् टोपी समेत नलागाई निस्किएर यान जोगायौ । घरबाट निस्कना साथ हेर्दाहेर्दै पुरै जमिन भासिएर घर सबै भत्कियो । नेपालीले भने ।

जख्रेगैरा, पहरेपानी, मैदान लगायतका स्थानमा जमिन भासिएर २६ घर मात्र हैर त्यहा रहेका गोठहरु समेत सबै भत्किएका छन् । पहिरोले मानवीय क्षती नगरेपनि घरहरु बगाएको छ । घरमा पालेका भैसी, गाइृ, गोरु, बाख्राहरु यत्रतत्र बानेका थिए । घरमा बचेका भएका सामान स्थानीयबासिन्दा , प्रहरी, नेपाली सेनाले निकालेको छ । पहिरोले घरहरु पुरेपछि सबैलाई स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने ब्यबस्था मिलाइएको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।

पहिरो खस्ने क्रम अहिले सम्म रोकिएको छैन् । घरहरु पुरिने क्रम बढ्न सक्ने छ । सबै गाउँको जमिन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नु पर्ने हुन्छ् । बस्ती सार्नुको बिकल्प छैन् यस तर्फ सबैले पहल गर्नु पर्ने राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले बताए । जमिन भासिएको सिंगो गाउँलाइनै स्थानान्तरण गर्नु पर्ने जिल्ला विपद ब्यबस्थापन समितिले निष्कर्ष निकालेको उनको भनाई छ ।

जमिन भासिएर घरहरु भत्किएको गाउँको राष्ट्रिय सभा सदस्य सहितको टोलीले स्थलगत रुपमा गएर राहातका सामाग्री समेत प्रदान गरेको छ । सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्ट सहितका एकसेट राहात समाग्री प्रदान गरेको हो । साथै जमिन भासिएको उक्त स्थानको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल सहितको सुरक्षा निकायका प्रमुख हरुको टोलीले अनुगमन गरेको छ । अनुगमन टोलीले उक्त सिंगो गाउँलाईनै त्यस स्थानबाट अन्यत्र सानुपर्ने निष्कर्ष निकालेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *