जब ३ वर्षे बालिका चंगामा अल्झेर हावामा उडिन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताइवानमा आयोजीत अन्तराष्ट्रिय चंगा महोत्सवमा एक बालिका चंगामा अल्झीएर चंगासंगै उडेकिछिन् । ताइवानको राजधानी ताइपेइको दक्षिणमा अवस्थित स्हिन्चु सहरमा अन्तर्राष्ट्रिय चंगा महोत्सवमा थियो।मान्छेहरू साना ठूला चंगा उडाउँदै, हेर्दै मजा लिइरहेका थिए। यही क्रममा आयोजकहरूले विशेष प्रकारको सुन्तले रङको ठूलो चंगा हावामा छाडिदिए। सबै उक्त चंगा उडेको हेर्न उत्साहित देखिन्थे।

तर त्यहाँ अचानक त्यो मजा भंग हुनेगरी डरलाग्दो दृश्य देखियो। त्यो ठूलो चंगा उड्दाउड्दै पुच्छरमा एक ३ वर्षे बालिका पनि अल्झिन्। चंगा हावाको वेगसँगै बत्तिन थाल्यो। चंगासँगै बालिका माथि आकाशमा हुत्तिइन्। मान्छेहरू आत्तिएर कराउन थाले।बालिकाको घाँटीमा बेरिएको चंगाले उनलाई करिब ३० सेकेन्डसम्म नराम्ररी बत्तायो।

तत्कालै आयोजकहरूले चंगा तल ताने र हावामा हुत्तिरहेकी बालिकालाई त्यहाँ भएका मान्छेहरूले समाते।बालिकालाई तत्कालै उनकी आमाका साथमा अस्पताल लगियो। तर भाग्यवश् उनको घाँटी र अनुहार तछारिनुबाहके गम्भीर चोटपटक नलागेको ताइवानको सरकारी समाचार संस्थाले जनाएको छ।

सिएनएनका अनुसार अहिले उनी अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेकी छन्।यो घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। ती बालिका कसरी त्यो चंगामा अल्झिइन् भन्नेबारे प्रस्ट छैन। तर द न्यूयोर्क टाइम्सका अनुसार यसमा आफूहरूकै गल्ती भएको बालिकाको परिवारले बताएको छ।

महोत्सवका दिन हावाको वेग एकदमै धेरै भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तै, बालिका ठूलो दुर्घटनाबाट बचिन्।महोत्सव आयोजकले फेसबुकमार्फत् विज्ञप्ति जारी गरेर यो घटना दुखद भएको भन्दै माफी मागेका छन्।आगामी दिनमा यस्ता दुर्घटना हुन नदिने प्रयास हामी गर्छौं, विज्ञप्तिमा भनिएको छ। साथै सहरका मेयरले पनि यो घटना हुन गएकोमा माफी माग्दै दुई दिने यो महोत्सव स्थगित गरेका छन्।

त्यस्तै बालिकालाई जुन खाले चंगाले उडाएको हो, यस्ता चंगा मान्छेहरूको घुइँचो हुने कुनै महोत्सवमा नउडाउने निर्देशन दिइएको पनि द न्यूयोर्क टाइम्सले लेखेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *