जब हत्या गरी टाउको झोलामा बोकेर आफैँ प्रहरी कार्यालय पुगे एक युवक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका१३ खलचेत भन्ने स्थानमा भएको थियो।

प्रहरीका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेको हो। हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,एसपी रेग्मीले भने। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन्।

प्रहरीकाअनुसार उनीहरूबीच ठुलोभन्दा पनि सानोतिनो विवाद भएको हो,आवेगमा आएर गरिएको हत्या जस्तो देखिन्छ।बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *