जब सोमिकाले जन्माइन् पाँच शिशु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोमबार थापाथली परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभएको छ ।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत निकालिएको हो । शल्यक्रियामा डा। दिप्ती श्रेष्ठ, डा। नमिता सिङ्देन सहभागी हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा। मुकेश कुमार हुनुहुन्थ्यो ।

तामाङको भिडियो एक्सरे गर्दा ४ वटा बच्चा देखिएको भए पनि सीएस गर्दा पाँचवटा बच्चा भएको पाइएको थियो । केही दिनदेखि भर्ना भई सीएसको तयारी अवस्थामा राखिएको तथा सोमबार बिहान सीएसका माध्यमबाट सुत्केरी गराइएको बाल विभागका प्रमुख बालरोग विशेषज्ञ डा। कल्पना सुवेदीले बताउनुभयो ।पाँचमध्ये एक शिशु पेटभित्रै मृत अवस्थामा रहेको पाइएको उहाँले जानकारी दिनुभयोे । जीवित ४ नवजात शिशुलाई बालरोग विशेषज्ञ डा। श्रद्धा श्रेष्ठको निगरानीमा एनआईसीयूमा राखिएको छ । चारै शिशुको अवस्था सामान्य रहेको छ ।
जीवितै जन्मिएका ४ शिशुमध्ये पहिलो शिशुको तौल १ दशमलव ८ किलोग्राम, दोस्रो ९ सय ग्राम, तेस्रो १ दशमलव ९ किलोग्राम र चौथो १ दशमलव ६ किलोग्राम रहेको छ । ३२ हप्तामा सुत्केरी हुनुभएकी सोमिकाको पोस्ट अप्रेटिभ कक्षमा अब्जरभेसनमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दोस्रो बच्चाको भने अन्य बच्चाको दाँजोमा तौल कमै भएको डा। सुवेदीले जानकारी गराउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *