‘जब म जिउदै स्वर्ग पुगे’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्य घटना त्यो दिनको जब म जिउदै स्वर्ग पुगे सम्झदा आज पनि सपना लाग्छ । कैलाशपर्बतको काखमा रहेको खप्तड,सन्जिबनी बुटि पाउने ठाउँ थियो त्यो राती फुलहरुबाट ज्योती आउथ्यो हेर्दा लाग्त्यो चमत्कार

तेत्रो दिनको हिडाइको यात्रा भै सक्यो तर यो खप्तड भन्ने ठाउँ किन आउदैन मनमनै सोच्दै हस्याङ फस्याङ गर्दौ गुरु संग रिसाउदै मुर्मुरिदै थिए । यात्राको अन्तिम बाटो पुग्दा गुरु कास्तो टाढा हो यो खै आएको खप्तड खुट्टा सुनियो मेरो म फर्किन्छु घर भन्दै चिच्याउदै रुदै भने उहाँ र अन्या गुरुहरु पारी पट्टि पाटन पुग्नु भैसकेको थियो म अन्तिममा थिए । अब पुग्न लाग्यो अब को केही समयमा पुग्छ अब फर्किने कुरा गर्यो भने ५ दिन लाग्छ के गर्ने हो गर भनेर गुरु अघि अघि म जान्छु भनेर रुदै खुट्टा दुखाइले तल सम्म झरे पछि फेरि रुदै गुरुको पछि पछि गए१ रातको मिरमिरमा पुगियो खप्तड । त्यसपछी को खप्तड मा २० दिनको बसाई गुरुहरु ध्यानको लागि
गैसिन्थ्यो म भने चिउरा र चिनी बोकेर कपि कलम अनि रमाइला गीत सुन्दै खप्तडको जङ्गल जङ्गल एक्लै घुम्थे २० दिनमा म जंगली जस्तै भैसकेको थिए ।

मेरा साथीहरु घोडा, भैसी,रुख,ठूलो ठूलो चट्यान अनि कुहिरो हरु अनि खप्तडको पाटनमा फुल्ने फुलहरु हुन्थे । मैले घर परिवार काम मान्छेहरु सबै बिर्सिसकेको थिए१ म मात्र मान्छे थिए जस्तो लाग्थ्यो, बेलुकी आगोमा खाना किनेर लगेको चामल अनि खप्तड बाबाले लगाउनु भएको साग लाई उसिनेर खाने गाईको दूध दहि अनि रोटि, १५ पुग्दा सारै घरको याद आयो बोल्न मान्छे हुदैन थिए शहरको भिडमा बास्ने बानी त्यो सुनसानमा बोल्ने कोहि मान्छे थिएन्न घरको यादले म रुदै २ घन्टा लाग्ने बाटो फोन गर्न गए घरमा तर त्यो दिन खै के भयो नेट्वोर्क नै टिपेन न्याउरो मुख र रुदै आफ्नै कुटि तिर फर्किए, रुदा देख्ने कोहि थिएनन म रुदै फर्किए बाटोमा भैसि घोडाहरु म रोएको आवाजले पुलुकपुलुक हेर्थे मलाई त उनिहरुले हेरेको देखेर लाज पो लाग्यो भोक लाग्यो झोलाबाट चिउरा र चिनी निकालेर भुइमा बसेर खादै थिए साना साना घोडाको बच्चाहरु चल्दै थिए ।

म हेर्दै थिए उनिहरु हेर्दा हेर्दा म सङ ठोकिए म भुइमा ढल्के खै के हो मान्छेजस्तो चल्न आए अनि म पनि हास्दै जुरुक्क उठेर चले उनिहरु र म खेल्दै थिए म आँसु पुस्दै हास्दै खेल्दै थिए ।

एक छिनमा रात पर्यो म त भुलेछु म बसेको ठाउँ पुग्दा अझै समय लाग्थ्यो म हतार हतार दौडेर गए, झमक्कै रात पर्यो सानो तर्छ लाईट बल्दै हिड्दै थिए सारै सास फुलियो एउटा ठूलो चट्याङमा अडेश लगाको त कुकुरको आवाज जातो रुदै कराउदै हुहु गर्दै बथान एक ग्रुप कुकुरहरु म तिर पर बाट आउदै थिए म अध्यारोले ती जनवरको आँखामा बत्ती ट्ल्क्या थियो म हतपत चट्याङको पछाडी गए उनिहरु एक लहरमा दौडेर गए डरले मेरो हातखुट्टा चलेन म लुत्रुक्क भए गुरुहरु खोज्दै आउनु भएछ मलाई बोलाउदै मेरो सास नै रोकियो पर बाट म यहाँ छु भने आवाज सुनेर खोज्दै आउनु।

भयो गाली पनि खाए पछि थाह भयो तिनिहरु जंगली स्यालहरु थिए रे मेरो नाक अगाडि बाट गएका थिए१ बफ्रे अहिले सम्झिदा पनि आङ जिरिङ भएर आउँछ त्यहँ हुदा जब जब मलाई मेरो मुमाको याद आउथ्यो तबतब म खप्तड्क रंगीचंगी फुलहरुमाथी लुटुपुटु गर्दै निदाउथे ।

भिरबाट चिप्लेर एकै चोटि खप्तड ताल पुगेको,आफ्नो नजिक इन्द्रेणी देखेको, बाटो भुल्दा त्यहाँका जनावरले देखाइदिएको थुप्रै अनुभव र सत्य घटना पुस्तकमा उतार्दै छु१ खप्तड एक स्वर्ग हो, बिज्ञहरुका अनुसार हनुमानले लगेको सन्जिबनी बुट्टित्यही जङ्गल बाट लगेको तथ्य छ१ देबिदेवताको राजधानी खप्तड पुग्दा लाग्छ जादुको संसारमा छौं ।

मोबाइल राम्रो थिएन तस्बिर खसै राम्रो छैन होला तर जति कैद गरे मेरो खप्तडलाई मेरो परेला,मन मस्तिष्कमा कैद गरेको छु । खप्तड छोडेर घर फर्किदा मैले खप्तडको भुइजमिनलाई ढोगेर मैले चुम्दै म फेरि आउँछ ल खप्तड भन्दै भावुक हुँदै फर्किए१ खप्तड संग प्रेम बस्यो मलाई जिन्दगीमा न सिकेको न भोगेको कुरा २० दिनको बसाइ खप्तडले सिकायो मलाई अन्त्यमा नेपाली हामी रहौंला कहाँ नेपालै न रहे !
– एनी कुवँर बाला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *