जब एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर भागे…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीका अगाडि अकस्मात १६ लाख रुपैयाँ रहेको ब्याग फालेर फरार भएका छन्।

शनिबार बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका ७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर फरार भएका हुन्।

प्रहरीचौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोलमा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएकाछन्।

लकडाउनको बेला हामीले सामान्य चेकजाँच गरिरहेका थियौँ, त्यसै क्रममा नम्बर नभएको एक मोटरसाइकलमा आएका व्यक्तिको जाँच गर्ने क्रममा उनी आफूसँग भएको झोला फालेर भागेको र पछि उक्त झोला चेकजाच गर्दा त्यमा १६ लाख रुपैयाँ भएको खुलेको उनले सञ्चारमाध्यमहरुलाई जानकारी दिएकाहुन ।

उनले मोटरसाइकलको नम्बर नखुल्दा अनुसन्धानमा अप्ठ्यारो भए पनि आफूहरु उक्त व्यक्तिको नजिक पुगिसेको उनले जानकारी दिए। उनले स्रोत नखुलेको रकम भएका कारण ती व्यक्ति सो रुयैयाँ फालेर भागेको हुनसक्ने बताए। उनले चालकको खोजी भइरहेको र पक्राउ परेको रकम राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *