जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं– एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वखर नगरपालिका धर्मस्थली सानोवाईपास बस्ने दोलखा भिमेश्विर नगरपालिका-१ घर भएका ४३ वर्षीय रञ्जित थामीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई ललाई फकाई आफ्नो डेराकोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले थामीलाई पक्राउ गरेको हो ।
भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे मण्डनदेउपुर नगरपालिका-६ गौरीशंकर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने २६ वर्षीय रुपक श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले रुपकलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *