जबरजस्ती करणीपछि हत्या भएकी महिलाको कंकाल फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानसिक सन्तुलन गुमाई बेबारिसे अवस्थामा हिडिरहेका महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको अरोपमा उदयपुरको रौतामाई गाउँपालिका ७ का २४ वर्षिय राजु अछामेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार प्रहरी अनुसन्धानबाट हत्यारा अछामे भएको देखिएपछि पक्राउ गरि कारवाही थालिएको हो । दुईदिनअघि घाँस दाउराका लागि गएका गाउँलेहरु नवज्योती सामुदायिक वनको हिले खोल्सी शिरमा महिलाको चुरा पोतेसहितको कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा टाउकोमा ढुंगाले प्रहार गरेको प्रष्ट देखिने खप्पर लगायतको कंकाल फेला परेको थियो । घटनास्थलको प्रकृतिले ढुँगाले टाउकोमा प्रहार गरी हत्या भएको प्रहरीले एकिन गरेको थियो ।

प्रहरीले उक्त कंकालको सुक्ष्म अध्यायन गर्दा केही समय अघि मुर्कुची, सुकौरा, राजाबास, अधेरी क्षेत्रमा मागी खाई हिड्ने, हेर्दा तराईमुलको जस्तो देखिने, मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६÷२७ वर्षिया महिलाको रहेको एकिन भएको एसपी दाहालले बताए । घटनास्थलमा भेटिएको चुरा, कपडा, पोतेबाट नाम, थर, वतन नखुलेको सोही महिलाको कंकाल भएको एकिन प्रहरीले गरेको जनाएको छ ।

घटनालाई सुक्ष्म अनुसन्धान गर्दा उनको हत्यामा अछामे संलग्न रहेको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

अनुसन्धानको क्रममा अछामेले मृतक महिलालाई गत चैत ११ गते बेलुकी करिब ६ बजेतिर कंकाल फेला परेको बनतर्फ हातमा जबरजस्ती तान्दै लगेको पत्ता लागेको थियो । जंगल लगेपछि उनलाई जबरजस्ती करणी गरी टाउकोमा ढुंगो प्रहार गरी कर्तब्य गरी मारेको खुल्न आएको एसपी दाहालले बताए । उनका अनुसार घटनास्थलमा कर्तब्य गरी मार्न प्रयोग भएको ढुंगा र अछामेको टोपी फेला परेको पारी बरामत गरिएको छ । उनलाई कर्तब्य ज्यान मुद्दामा कारवाही अगाडी बढाइएको उनले बताए । अछामेले सोधपुछमासमेत जबरजस्ती करणी गरी हत्या गरेको स्विकार गरेको एसपी दाहालले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *