जबरजस्ती कर,णीकाे आरो’प लागेका सिद्धबाबा झुम्का जे,ल चलान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जेल चलान गरिएको छ। जिल्ला अदालत सुनसरीमा उपस्थित भएका गिरीलाई पुर्पक्षमा राखेर अनुसन्धानका लागि झुम्का कारागार पठाइएको छ ।

गिरी अदालतमा उपस्थित भएसँगै प्रहरी अदालत परिसरमै पुगेको थियो। अदालतामा मंगलबार उपस्थित भएका गिरीलाई थुनुवा पूर्जी दिएर कारागार पठाइएको हो ।

मंसिर १६ गते जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो । त्यसपछि उनी मंगलबार अदालतमा हाजिर भएका हुन् ।

उनले गत कार्तिक ४ गते काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको उनलाई आरोप लागेको हो । पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *