जन्ती बोकेको जिप दुर्घटना, दुलाहा दुलहीसहित १४ घाइते,४ काे अवस्था गम्भीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुली – सिन्धुलीमा दुलाह दुलही सहित जन्ती सवार जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार जिल्लाको मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप हरिहरपुरगढी गाउँपालिका ५ को सिदुरगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुलहा र दुलही सहित १४ जना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी रहेका छन् । ‘उनीहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको छ,’ अध्यक्ष बम्जनले भने ।

दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा रखाल र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनको भनाइ छ ।

दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कति कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुशन्धान थालेको जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *