जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी बैठकले डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा प्रस्ताव गरेको छ ।

सोमबारदेखि सुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो । जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बुझिएको छ ।

‘डा.भट्टराईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव भएको छ,’ बैठकमा सहभागी सुमनले भने, ‘यो प्रस्ताव पारित हुने निश्चित छ ।’ उनले संघीय परिषद्को सदस्यहरू केन्द्रीय समितिले तोक्ने तय भएको बताए ।

परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिएकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *