जनताप्रतिको आफ्नो निष्ठामा कहिल्यै कमी नहुने :प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रतिको आफ्नो कहिल्यै निष्ठा कमी नहुने बताएकाछन् । २०७ औं भानू जयन्तका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशप्रतिको, जनताप्रतिको स्नेह र भलाईप्रतिको निष्ठा र मानवजातिको निष्ठामा कहिल्यैपनि कमि नहुने बताएकाहुन ।

प्रधानमन्त्री ओलीले बुद्धि क्षमता ज्ञानको सीमा हुने तर निष्ठासीमा रहित हुने धारणा राखेकाथिए । उनले देशलाई अघि बढाउने सहयात्री आफु भएको र यसका आफु प्रतिवद्ध रहेको उल्लेख समेत गरे । प्रधानमन्त्री ओली नेपाली समाजको रक्षा तथा कला साहित्य र सस्कृतिको जर्गेना गर्न पनि प्रतिवद्ध भएर लाग्नुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले साहित्यीक क्षेत्रमा भानुभक्तको योगदान ठूलो रहेको जिकिर गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवत्खण्ड कला साहित्य स्म्मेलन २०७५–स्मारिक बिमोचन गरेकाथिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *