जनकपुरमा दुई पक्षबीच झडप,झडप नियन्त्रण गर्न प्रहरीद्वारा ७ राउण्ड अश्रुग्यास प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनकपुरमा दुई पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार झडप भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामाजिक सञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । दुई समूह तितरबितर भएको र थप विवाद हुन नदिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *