जनकपुरमा थप एक कोरोना संक्रमितको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाममा थप एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना कोभिड–१९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा. जामुन सिंहले जानकारी दिए ।

संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए । संक्रमितको ट्राभल हिस्ट्री अनुसार सबै सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *