जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण ठप्प

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘कन्ज्युमेबल्स’को अभावमा आजदेखि जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण ठप्प भएको छ । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको पीसीआर मेसिनमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’ सकिएपछि परीक्षण ठप्प भएको हो ।

समान किन्नमा प्रदेश सरकार उदासिन देखिएको छ । सरकारले पीसीआर मेसिनका लागि मात्रै २ करोड ७० लाख रुपैयाँ खर्च गरेको भएपनि आवश्यक सामाग्री किन्न भने उदासिनता देखाएको छ । यस अगाडि पनि सरकारमार्फत दुईपटक प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेसिनले गलत रिपोर्ट दिएपछि परीक्ष्ण बन्द गरिएको थियो ।

त्यस्तै, रौतहटको गौर जिल्ला अस्पतालमा कोभिड–१९ रियल टाइम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरेपनि अस्पतालमा अहिलेसम्म रियल टाइम पीसीआर मेसिन जडान हुन सकेको छैन ।गत जेठ १९ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याएर पीसीआर परीक्षण सुरु गरेको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढी परीक्षण गरिसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *