जनकपुरधामको मुख्य शक्तिपीठ माता राजदेवी मन्दिरमा राेकिएन बली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधामको मुख्य शक्तिपीठ माता राजदेवी मन्दिरमा बोकाबली दिन सुरु भएको छ।

महानवमीको दिन साँझ ९:३० बाट बोकाबली प्रदान गर्न सुरु गरिएको महाविर युवा कमिटिका अध्यक्ष सन्तोष कुमार साहले जानकारी दिए। मन्दिरमा राति १० बजे सम्म बोकाबली प्रदान हुने उनले बताए।

बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको छ।

कोभिड १९ महामारीका कारण यस वर्ष बोकाबलीको संख्यामा कमी हुने अनुमान गरिएको छ ।राजदेवी मन्दिरमा अघिल्लो वर्ष महानवमीमा करिब १५ हजार बोकाबली प्रदान गरिएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *