जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनी बिकराल रुप लिदै गएको देखिएको छ । संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या पनी बढ्दै गइरहेको छ । यस्तै मंगलबार राति पनि जनकपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरका पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरी रहेका छन् । उनको कोरोनाको संक्रमणबाट मंगलबार राति मृत्यु भएको हो । स्वास्थ्मा समस्या आएपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मंगलबार राति नै उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई १५ दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।नेपाली कांग्रेसको महासमिति सदस्य रहेका उनी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।
(Visited 1 times, 1 visits today)