जटहीमा सिँचाई योजना सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनुषाको नगराइनस्थित जटहीमा पिपरा मईन सिँचाई योजनाको निर्माण सुरु भएको छ । तीन सय ५० हेक्टर जमिनमा सिचाई सुबिधा पु¥याउने सिँचाइ योजनाको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले शिलन्यास गरे ।

सो क्रममा नेता महतोले खेत खेतमा पानी र सहज रुपमा मल उपलब्ध नहुँदासम्म कृषि क्षेत्रको विकास हुन नसक्ने बताए । प्रदेश दुईका भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले सिमित बजेट र न्यून कर्मचारीका आधारमा काम गर्न समस्या भएको गुनासो गरे ।

कांग्रेस सांसद स्मृतिनारायण चौधरीले सिचाईले नगराइनमा कृषि उत्पादन बृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे । ११ करोड निर्माण लागत रहेको सिंचाई योजना दूई आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *