जङ्गली हात्तीले चितवनमा मान्छे मार्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस,चितवन – जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ : ४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो ।आक्रमणबाट तामाङको घटनास्थलमै ज्यान गएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदै छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *