जग्गा हेर्न आएकाले गरे हत्या र लुटपाट, तीनजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

भक्तपुरको चाँगुनारायण ८ सुडालमा कुटपिटबाट मृत्यु भएका ६१ वर्षीय चन्द्र लामाको हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । अशोज २१ गते जग्गा हेर्न आएका तीनजनाको समूहले स्थानीय लामालाई कुटपिट गरि उनको साथमा रहेको दुई तोला सुनको ब्रासलेट, एक तोला सुनको सिक्री र दुईवटा मोबाइल लुटेर लगेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए। गम्भीर घाइते भएका लामाको भोलिपल्ट ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *