छिमेकीलाई ‘विषालु साग’ दिनेले गरे आत्महत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाग्लुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकीले दिएको जरिङ्गोको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उनका छोरा ३७ वर्षीय चुडामणि कँडेल , बुहारी ३७ वर्षीया चिजा कँडेल, र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेकामा धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।

बिरामीमध्ये चुडामणि कँडेलको आईसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ ।शुक्रवार साझ वाट वेपत्ता भएकोमा शनिवार विहान घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

आत्महत्या गर्नेले समेत विषालु साग खाएर विरामी भएको भएपनी घरेलु औषधि खाएर ठिक भएको भएपनी सागले मानसिक असर गरेको हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेको तनावमा आएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *