छाउगोठमा निसासिएर अछाममा एक महिलाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अछाम : अछाममा छाउगोठमा निसासिएर एक महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ३ की २१ बर्षिया पार्वती बुढा रावतको गए राति छाउगोठमा ज्यान गएको हो ।

महिनावारी भएका बेला छाउगोठमा आगो बालेर ताप्ने क्रममा निसासिएर उनको मृत्यु भएको हो छाउगोठको ढोका फोडेर उद्धार गर्न जादा उनको मृत्यु भैसकेको आफन्तले जानकारी दिए ।

मुलुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा छाउगोठमै एक युवतीको ज्यान गएको हो । यसअघि २०७४ जेठमा आछामको तुर्माखादकी २२ बर्षिया गौरी बुढा र २०७५ मंसिरमा तुर्माखादमै १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर छाउगोठमा मृत्यु भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *