छपकैयाका स्थानीयले नारायणी अस्पतालमा उपचार नपाएकाे भन्दै प्रदर्शन तथा तोडफोड गरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगञ्ज–२ छपकैयाका स्थानीयले नारायणी अस्पतालमा प्रदर्शन तथा तोडफोड गरेका छन् । कोरोनाको बहानामा उपचार सेवा नपाएर सर्वसाधरण मर्ने क्रम बढेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रसुति गृह अगाडी पार्किङ गरि राखिएको डाक्टर उदय नारायण सिंहको बा १२ च ६९६६ नम्बरको कार, स्यानीटाईजेसन र स्वाब कलेक्सन बुथमा पनि तोडफोड गरेका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लखेटेकोले थप क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । गाडी तोडफोडमा संलग्न वीरगञ्ज–२ छपकैयाका २० वर्षिय शेख माजिललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज–२ छपकैयाकी २० वर्षिय महिलालाई शुक्रबार स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । आधा दर्जन अस्पताल डुलाउँदा समेत उनको उपचार हुन सकेन । अटोमा अस्पताल डुलाउँदा डुलाउँदै उनको मृत्यु वरण गरेकी थिईन् । शनिबार नै वीरगञ्ज–१३ राधेमाईकी ६० वर्षिय महिलाको पनि उपचार नपाएरै मृत्यु भएको थियो ।

अस्पतालमा उपचार सेवा नपाएर धमाधम मानिसको मृत्यु हुँदा समेत सम्बन्धित निकायले ती अस्पताललाई कारबाही नगरेकोले प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भनाई छ । उनीहरुले उपचारको अभावमा अबका दिनमा कुनैपनि मानिसको ज्यान जान नहुने र विभिन्न बहानामा उपचार नगर्ने अस्पताल चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

नारायणी अस्पतालका विभिन्न वार्डमा संक्रमति भेटिएपछि इर्मजेन्सी बाहेकको सेवा बन्द गरिएको छ । भने अन्य केहि निजी अस्पतालको अवस्था पनि उस्तै छ । तर कतिपय नीजि अस्पतालले सामान्य अवस्थामा जस्तै सेवा दिईरहेको भएपनि उपचारका लागि पुगेका विरामीलाई कोभिड संक्रमितको आशंकामा उपचार नगर्ने गरेको छ । जसका कारण पछिल्लो ३ दिनमा ६ जना मानिसको मृत्यु भईसकेको छ ।

पीडित परिवार मात्रै नआएर ठूलो संख्यामा अस्पताल परिसरमा मानिसहरु जम्मा भएर प्रदर्शन र तोडफोडमा उत्रिएपछि लाठि चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनले तोडफोडमा संलग्न एक युवकलाई समेत नियन्त्रणमा लिएको बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *