च्याम्पियन्स लिग आजबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


युरोपियन च्याम्पियन्स लिग फुटवलको नयाँ सिजन आजवाट शुरु हुँदैछ । प्रतियोगिता अन्र्तगत आज राती विभिन्न आठ खेल हुँदैछन् । साविक विजेता इङ्लिस क्लव लिभरपुलले इटालीयन क्लब नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । अर्को खेलमा लालिगा च्याम्पियन स्पेनिस बार्सिलोनाले जर्मन टिम बोरुसिया डर्टमुन्डसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण लामो समय मैदान बाहिर रहेका बार्सिलोनामा स्टार खेलाडी मेस्सी आज खेलमा फर्कदैछन । त्यस्तै इङ्गलिस क्लब चेल्सीले स्पेनको भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागसँग, फ्रान्सको लियोंले रुसको जेनिथसँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिले, पोर्चुगलको बेनिफीका र जर्मनीको आरबी लेप्जीगका साथै अष्ट्रियाको साल्जबर्ग र बेल्जियमको गेन्कविचको खेल पनि राती नै हुनेछ ।।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *