चौर्तफि विरोध पछि राष्ट्रिय सभाको कार्यसूचिबाट हटाईयो अख्तियारको संशोधन विधेयक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कंग्रशको विरोध संगै चौर्तफि विरोध गरिएको अख्यियार दुरुपयोग अनुसन्धान आयोगको संशोधन विधियक कार्यसूचिबाट हटाईएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचिबाट हटाएको हो ।

सोमबारको राष्ट्रिय सभा बैठकको कार्यसुचिवाट अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधयेक हटाएका हुन । यसअघि नै सत्तारुढ नेकपाले विधयेक फिर्ता लिने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नीजि क्षेत्रले पनि ऐनको विरोध गर्दै आएका थिए ।

नीजि क्षेत्रलाई समेत छानविन गर्ने अधिकार समेत अख्तियारलाई दिन लागेकोमा आलोचना भएको थियो । सो ब्यवस्था संबिधान विपरित भएको सत्तारुढ नेकपाका नेताहरुले समेत बताउदै आएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *