चौरसिया हत्या प्रकरण : सरकारी वकिल कार्यालयमार्फत १२ जना विरुद्ध जाहेरी दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाको दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सा मार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको छ ।बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जनामाथि कारवाहीको माग राख्दै जाहेरी सहितको निवेदन दर्ताको भएको हो ।

सरकारी वकिल कार्यालय मार्फत मृतकका भाइ महेश चौरसियाले जाहेरीसहितको निवेदन दर्ता गराएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गन्गा पन्तले जानकारी दिइन ।उनले मृतक चौरसियाको घटनामा संग्लन विरुद्ध वकिल कार्यालयमार्फत आएको जाहेरीसहितको निवेदनमा अनुसन्धान गरेर कारवाही अगाडि बढाइने बताइन ।

घटनामा संग्लन विरुद्ध सुरुमा पर्सा प्रहरीमा लगेको जाहेरीलाई नै सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको सरकारी वकिल कार्यालयका वकिल पदम कार्कीले बताए ।घटनामा संग्लनलाइ कारवाहीको माग राख्दै जाहेरी सहितको निवेदन १९४ नम्बरमा दर्ता भएको कार्कीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *