चोर भनी कुटपिट गर्दा मृत्यु भएका युवकका आफ्तले घेरे बालाजु प्रहरी वृत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्थानीयले निर्घात कुटपिट गर्दा काठमाडौंको ताकेश्वर नगरपालिका ५ गोलढुंगामा एक युवाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार महानगरीय प्रहरी वृत्त बालाजुमा धर्ना दिएका छन् ।

होहल्ला गरेको भन्दै बिहीबार राति स्थानीयले रसुवा घर भई कपुरधारामा डेरा गरी बस्ने २४ वर्षीय छिरिङ तामाङलाई निर्धात कुटपिट गरेको र कुटपिटको कारण गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।

कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै मृतकका आफन्तहरु बालाजु चौकी पुगेका थिए । मृतकका आफन्तहरुले राती डेरामा फर्कदै गर्दा भएको सामान्य विवादम स्थानीयले नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेको र मृत्यु भएको आरोप लगाएका छन् ।

राति बाटोमा हिंड्दै गर्दा स्थानीय कृष्णबहादुर श्रेष्ठको घर अगाडी कुकुरले भुकेको र भुक्दै गरेको कुकुरलाई उनीहरुले होहल्ला गर्दै ढुंगा प्रहार गर्न थालेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बालाजुका अनुसार मृतक छिरिङका साथी दोर्जे पनि कुटपिटबाट गम्भीर घाइते थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *