चोर भनी कुटपिट गर्दा निर्दोषको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तारकेश्वर नगरपालिका-५, गोलढुंगामा चोेरीगर्न आएको भन्ठानेर कुटपिट गर्दा एक निर्दोषको ज्यान गएको छ । स्थानीयको कुटपिटबाट यसरी ज्यान गुमाउनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा रहेका छन् ।

उनी संगै गरेका अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिउकाछन् । उनका अनुसार घटना तारकेश्वर नगरपालिका ५, गोलढुंगाको हो । मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो ।त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए यसैक्रममा, विवाद बढेको थियो ।

पछि उनीहरु भागेपछि चोर, चोर भन्दै स्थानीयले कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जानकारी दिएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरका अनुसार उनको टाउकोमा चोट लागेको पाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले लामालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । तर, अस्पतालले मृत घोषित गर्‍यो । अहिले प्रहरीले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालेको प्रहरीले बताउको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *