चीन गएको विमान शुद्धिकरणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संक्रमण प्रभावित क्षेत्रबाट उद्दार गर्दा त्यसमा प्रयोग गरिएको उपकरण र सवारी साधन लगायतबाट समेत राग फैलिने सम्भावना हुन्छ । त्यस्ता उपकरण वा साधनको पनः प्रयोग गर्दा विशेष तरिकाले सरसफाई गरिनु पर्छ ।

कोरोना प्रभावित चीनको वुहान लगायतका शहरबाट उद्धार गरिएका नेपाली नागरिकलाई अहिले क्वारेन्टाईनमा राखिएको छ । उद्दार टोलीलाई पनि ७ दिन क्वारेन्टाइन मै राखिनेछ । त्यस्तै उद्धारमा प्रयोग गरिएको विमान र बस लगायतका सवारी साधनलाई समेत विशेष तरिकाले सरसफाई गर्नु पर्नुपर्ने हुन्छ ।

चीनबाट नेपाली नागरिकको उद्धारका लागि नेपाल एरलाईन्सको ए ३ सय ३० विमान प्रयोग गरिएको थियो । अन्तराष्ट्रिय मापदण्डका अनुसार संक्रमित स्थानमा गएको विमानलाई समेत ४८ घण्टा सम्म डिसइन्फेक्ट अर्थात किटाणुविहिन बनाइन्छ र त्यस पछि विमानलाई विभिन्न रासायन प्रयोग गरी सफाई गर्नु पर्ने हुन्छ ।

उद्दार गरिएका नेपाली नागरिकमा संक्रमण नभए पनि मापदण्ड अनुसार क्वारेन्टाइनमा राखिनु पर्ने हुन्छ । त्यस्तै संक्रमित देशमा गएको विमान पनि मापदण्ड अनुसार नै शुद्धिकरण गर्नु पर्ने हुन्छ । मापदण्ड अनुसार सफा गरिए पछि मात्र विमानले अर्को उडान भर्नेछ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *