चीनले बनाएको कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जारी कोरोना भाइरस -कोभिड–१९ रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् । चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा कोरोनाविरुद्धको खोप बनाएका छन् ।

सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन् । ​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बीबीसीमा उल्लेख छ । सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ । यो भ्याक्सिनलाई विश्व्यापी मान्यता दिलाउन चीनले सक्दो प्रयास गरिरहेको छ । यतिखेर चीनमा संक्रमितको संख्या निकै कम भएकाले अन्य देशमा नै चीनले यो खोप परीक्षण गरिरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *