चीनले पाँच सांसदसहित एघार अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध लगायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिन र हङकङका अधिकारीहरुलाई अमेरिकाले लगाएको प्रतिबन्धको बदलामा चीनले पाँच सांसदसहित एघार अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले सोमबारको नियमित पत्रकार सम्मेलनमा प्रतिबन्धको बारेमा जानकारी दिएका हुन ।

चीनले सिनेटरहरु रिपब्लिकन पार्टीका सांसदहरु मार्को रुबियो, टेड क्रुज, टम कटन, जोस हली, प्याट टुमी र प्रतिनिधिसभा सदस्य क्रिस स्मिथमाथि प्रतिबन्धको घोषणा गरेको हो । त्यस्तै, नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल ग्रेसम्यान, ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथ, फ्रिडम हाउसका अध्यक्ष माइकल जे अब्रामोविचमाथि प्रतिबन्ध लगाइएको छ ।

नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेल र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेलमाथि पनि चीनले प्रतिबन्ध लगाएको छ । हङकङसँग सम्बन्धित मुद्दामा खराब व्यवहार देखाउने केही व्यक्तिलाई प्रतिबन्ध लगाउने नीति चीनले लिएको छ । प्रतिबन्ध सोमबारवाटै कार्यान्वयनमा आउने चीनले जनाएको छ । अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित एघार अधिकारीमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *