चीनमा रहेका नेपालीहरुलाई ३ गते नेपाल ल्याईने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनभित्र आवश्यक तयारीलाई तिव्र बनाएको छ ।

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनभित्र आवश्यक तयारीलाई तिव्र बनाएको छ ।

प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टर खाली गराएको नेपाल विद्युत प्राधिकरण खरिपाटी तालिम केन्द्रले जनाएको छ ।

यस्तै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइटट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ ।

चीनबाट उद्दार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाईन निर्माणको काम भईरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।

चीनमा कोरोना भाइरसका कारण महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काएर खटिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि संचारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको हो । सरकारले खटिपाटीको विकल्प नदेखेर बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलहरुले त्यसको बिरोध गर्दै बिकल्प खोज्न माग गर्दै आएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *