चीनबाट ल्याइएका कसैमा पनि कोरोनाको संक्रमण भेटिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीनको हुबेई प्रान्तस्थित वुहानबाट नेपाल ल्याइएका १७५ जनामा नै कोरोना भाइरसको संक्रमण नपाइएको नेपालसरकारले जानकारी गराएको छ । चीनको हुबेई प्रान्तबाट नेपाल ल्याइएका सबै १७५ जना नेपाली नागरिकमा नोभेल कोरोना भाइरस नकारात्मक देखिएको जानकारी गराउन पाउँदा नेपाल सरकारका साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै खुशी भएको छ, प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेपछि पुनस् सबै जनाको नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *