चीनको दाबी :यो वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभरका देशहरु कोरोना भाईरसको भ्याक्सीन बनाउने दौडमा लागीरहदा चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप तयार हुने दाबी गरेको छ । चाइना नेसनल फर्मास्युटिक ग्रुपले डिसेम्बरको अन्तिमसम्ममा मानिसमा प्रयोगका लागि खोप उपलब्ध हुने दाबी गरेको हो ।

खोपको अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने ग्रुपको भनाइ छ । परीक्षण सफल भएमा खोप अपेक्षित समयभन्दा अघि नै तयार हुने चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाविरुद्धको खोप निर्माणमा जुटेको सिनोफार्मले कोरोना विरुद्धको खोपको अप्रिलमा देशभित्र गरेको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको थियो । अहिले तेस्रो चरणको परीक्षण ब्राजिलमा भैरहेको छ ।

परीक्षणमा ब्राजिलका करिब ९ हजार स्वास्थ्यकर्मी सहभागी छन् । खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भएको खण्डमा कम्पनीलाई १२ करोड डोज खोप निर्माण गर्न अनुमति दिइएको छ । यता विश्व स्वास्थ्य संगठनले भने यो बर्षको अन्त्यसम्ममा खोप तयार हुनेमा आशंका ब्यक्त गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *