चीनको छेन्दुमा रहेको अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञले चीन छाडे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिका र चीन विच देखिएको विवाद झन चर्कदै गएको छ । दुवै देशले आफ्नो देशमा रहेका महावाणिज्यदुतलाई एक अर्काको देशमा रहेको कार्यालय बन्दगर्न धम्की दिएको केही समयमै चीनको छेन्दुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञले कार्यालय छाडेका छन । चीनले तीन दिनभित्र कार्यालय खाली गर्न निर्देशन दिएको समयसीमा सकिनै लाग्दा उनीहरुले आज विहान वाणिज्य दूतावास छाडेका हुन ।

अमेरिकाले गत हप्ता टेक्सासको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो ।

अमेरिकी बाणिज्य दूतावासका कर्मचारीहरुले कार्यालय छाडदै गर्दा भवनबाहिर स्थानीयको भिड देखिएको छ । तिमध्ये अधिकांशले हातमा चिनियाँ राष्ट्रिय झण्डा बोकेको देखिएको छ । दूतावासबाट ट्रकहरू बाहिरिँदै गरेका र कर्मचारीहरू कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रशारण गरेका छन ।

छेन्दुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भूभागमा चारवटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ । अमेरिकामा चीनका चार वटा वाणिज्य दूतावास र वाशिङ्गटनमा दूतावास रहेको छ । व्यापार तथा कोरोना महामारी, हङकङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *