चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अन्त्यन्तै सफल र सार्थक भए सञ्चारमन्त्रीको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अन्त्यन्तै सफल र सार्थक भएको बताउनुभएको छ ।

सञ्चार केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले नेपालको बिकासका लागी चीनका राष्ट्रपतिको भ्रमण महत्वपूर्ण रहेको पनि बताउनुभयो । उहाले दुईदेशबीचको राजनीतिक नेतृत्वमा विश्वासको वातावरण निर्माण भएको दावी गर्नुभयो । आर्थिक बिकाससंग लक्षित दिर्घकालीन साझेदारी दुईदेशबीच तय भएको बास्कोटाको भनाई छ । बाँस्कोटाले नेपाल भूपरिवेष्ठितबाट भूजडित तर्फ लैजान चीनले हौसला प्रदान गरेको जिकिर गर्नुभयो । चीनिया राष्ट्रपतिको भ्रमणमा भएका समझदारी नेपालको बिकासका लागी कोशेढुङ्गा हुने उहाले बताउनुभयो । उहाले सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि पाउने अनुभूति भएको जिकिर गर्नुभयो ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाली जनताले दिएको साथ र सहयोग सदैव स्मरणीय रहने बास्कोटाले बताउनुभयो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *