चीतवनमा चीनीया पर्यटक बस दुर्घटना २ जनाको मृत्यु ३१ घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चितवनमा गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । २१ चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट सौराहा आउँदै गरेको गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बसले ठक्कर दिएको थियो । ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको स्थानिय होमबहादुर मगर घरमा ठोक्किन पुगेको थियो । घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज,पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *